दफा १५
कानून व्यवसायी परीक्षा
(१) वर्षको कम्तीमा एक पटक परिषद्ले कानून व्यवसायी परीक्षा सञ्चालन गर्नेछ । यस्तो परीक्षा लिखित र मौखित रुपमा लिईनेछ र मौखिक परीक्षाको अंकभार पूर्णाङ्कको दश प्रतिशत भन्दा बढी हुने छैन ।
(२) उपदफा (१) को प्रयोजनको लागि परिषद्ले सम्वन्धित विशेषज्ञहरु समावेश भएको कानुन व्यवसायी परीक्षा समिति गठन गर्नेछ । समितिका सदस्यहरु मध्ये कुनै एकजनालाई परिषद्ले अध्यक्ष तोक्नेछ ।
(३) परीक्षा समितिले परीक्षा सञ्चालनका लागि आवश्यक व्यवस्था गर्न सक्नेछ ।
(४) परीक्षा समितिले आफ्नो कार्यविधि आफैं निर्धारण गर्नेछ ।